लुटपाटमा संलग्न ब्यक्ति पेस्तोलसहित पक्राउ

Jantedhunga

बिराटनगर ।भोजपुरको षडानन्द नगरपालिका- ९ बाट  पेस्तोल सहित लुटपाटमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।                                                       आईतबार सोहि स्थानमा रहेको जंगलमा षडानन्द नगरपालिका- २ की ८५ बर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल देखाई सुनको गरगहना तथा नगद लुटपाट गरी १ जना मानिस फरार भएको भन्ने खबर प्राप्त भएसगै इलाका प्रहरी कार्यालय दिङला र इलाका प्रहरी कार्यालय साङपाङ बाट  खटिएको प्रहरी टोलीले आईतवार बेलुका ८ बजे फरार आरोपित लाई पक्राउ गरेको हो।                                खोजतलासका क्रममा  टेम्के मैयुङ गाउँपालिका- १ का ३७ बर्षीय सुमित भन्ने सुमन परियारलाई शंकास्पद अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

 पक्राउ परेका परियारको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएका पेस्तोल १ थान, म्याग्जिन १ थान, ११ राउण्ड गोली, नगद ९ हजार ५० रुपैया तथा सुनका गरगहना समेत बरामद गरेको छ । परियार २०७६ फाल्गुन २१ गते संगठित अपराध, अपराधिक उपद्रव, ncell टावर आगजनी,  jcb आगजनी, राज्यबिरुद्धको कसुर लगायत ५ वटा मुद्धामा कैद सजाय भुक्तान गरि २०८० भदौमा कारगारबाट छुटेको खुल्न आएको छ। 

घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Jantedhunga
प्रतिक्रिया