झापाबाट काठमाडौ आउँदै गरेको गाडी दुर्घटना : ६ जना घाइते

Jantedhunga

काठमाडौं : झापाबाट काठमाडौं आउँदै गरेको ईभी गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा दुर्घटना भएको छ। दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

 घाइते हुनेमा ४ पुरुष र २ महिला छन्। घाइतेमध्ये २ जना पुरुषको अवस्था गम्भीर रहेको छ।  गाडी बिहान पौने ४ बजेको समयमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

उक्त गाडी आफैं अनियन्त्रित भई सडकबाट ४ सय मिटर तल खस्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

Jantedhunga
प्रतिक्रिया