वीरगञ्ज। पर्साको ठोरी गाउँपालिकामा नाति(छोरीको छोरा )ले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु भएको छ । ३६ वर्षीय कृष्णबहादुर खड्काले कोदो चुट्ने लाठी प्रहार गर्दा ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामाको मृत्यु भएको हो ।
छिमेकीको घरमा नाति कृष्णबहादुरले कोदो चुटिरहेका बेला हजुरबुबा लक्ष्मण पुगेर नातिलाई ‘तिमी छाडिदेऊ म चुट्छु’ भन्दा आवेगमा आएका कृष्णबहादुरले हजुरबुबा लक्ष्मणमाथि लाठी प्रहार गरेका थिए।
टाउकामा गम्भीर चोट लागेर अचेत भएपछि उनलाई उपचारका लागि ठोरी स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो।
कृष्णबहादुरलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । लक्ष्मणको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Jantedhunga
monday 27 nov 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो