बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

Jantedhunga

हेटौंडा  । आफ्नै पार्टीभित्रको आन्तरिक किचलोकाबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

बहादुरसिंह लामा नेतृत्वको सरकार विस्थापित गरेर २० साउनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले मंगलबार बागमती प्रदेशसभाको वैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत लिएका हुन् ।

कांग्रेस र एमालेका सांसदले विश्वासको मतको पक्षमा मत जाहेर गरेका थिए । उनको पक्षमा ६३ जना सांसदले मतदान गरेका थिए । उनको विपक्षमा २२ मत र ७ सांसद तटस्थ बसेका थिए ।

कुल ११० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५६ सांसदको आवश्यकता रहेको थियो । प्रदेशसभाका कांग्रेसको ३७ र एमालेको २७ सांसद रहेका छन् ।

Jantedhunga
प्रतिक्रिया