भारतीय गुन्डा नाइके विश्नोईको नाममा धम्क्याएको आरोपमा पनि प्रसाईंविरुद्ध पक्राउ पुर्जी

Jantedhunga

काठमाडौ  । भारतीय गुन्डा नाइके लेरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा पनि मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गरे ।

यसअघि झापाका हरिचन्द्र फुयाँललाई सीआईबीले पक्राउ गरेको थियो । फुयाँलले प्रसाईंकै निर्देशनमा धम्क्याएको खुलेको थियो । फुयाँल र प्रसाईंबीच पनि १०० पटकभन्दा बढी फोन कल देखिएको थियो ।

Jantedhunga
प्रतिक्रिया