६ चक्के भन्दा माथिका सवारी साधन आवातजावतमा रोक लगाउने दिप्रुङ चुइचुम्माको निर्णय ।

Jantedhunga

खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र आठ चक्के माथिका सवारी साधन आवातजावतमा रोक लगाउने निर्णय गरेको छ।

आज बसेको गाउँकार्यपालिकाको निर्णय अनुसार सडकको क्षमता भन्दा बढी भार बोक्ने सवारी साधनहरुले सडक बाटोहरुमा क्षती गरेको कारण सडक जिर्ण र अस्तबेस्त हुँदा अन्य सवारी साधन आवातजावतमा समस्या भएको र गाउँपालिकाको आफ्नो सामार्थ भन्दा बढी सडकहरुमा क्षती भएको हुँदा सडकले भार धान्न नसक्ने सवारी साधनहरुलाई रोक लगाउने निर्णय गरेको हो।

विशेष गरि दिप्रुङ चुइचुम्मा गाउँपालिका भित्र काठ ब्यबसायीहरुले उतिस लगाएत विभिन्न जातका रुखका काठहरु निकासी गर्दा रसुवा-छितापोखरी, टुवाखोला-पंचमी, पंचमी-याम्खा, याम्खा - टेम्मा लगाएत सडकहरुमा ठूलो क्षती भएको छ।

 गाउँपालिकाका भित्रका सडकहरुको अवस्था धुलो, हिलो, खाल्डा खुल्डी लगाएतको कारण सडक जिर्ण हुँदा अन्य सवारी साधन आवातजावतमा समस्या भएको भन्दै गाउँपालिकाबासी नागरिकहरुको गुनासोको आवाज आइरहेकोले नागरिकहरुको भावना अनुसार सडकको क्षमता भन्दा माथिका भारबोक्ने सवारी साधन आवातजावतमा रोक लगाइएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिए।

जनताहरुमा ढुवानी सेवा र गाउँपालिकाको राजस्व कमी आउदैन् ? भन्ने हाम्रो प्रश्नमा अध्यक्ष राईले भने " गाउँपालिकामा प्राप्त राजस्व भन्दा पचासौं गुणा बढी सडक बाटाहरुको क्षती भएपछी राजस्वले बाटोको मर्मत र सुधार गर्न सकिएन" भन्दै ढुवानी सेवाका लागि अन्य सवारी साधन प्रयोग हुने भएकाले खास फरक नपर्ने बताए। साथै आजकै दिन देखि एक हप्ताको समय दिइएको र उक्त समय सिमा भित्र आफ्नो समान र सवारी साधन निकासी गर्नुपर्ने अन्यथा गाउँपालिकाको नियम अनुसार हुन जाने समेत सुझाए।

प्रचलित कानुन अनुसार ६,१०,१२ र १४ चक्के सवारी साधनहरुलाई क्रमशः १०, १७, २१ र २५ टन लोड बोक्ने ब्यबस्था भएता पनि सवारी साधनहरुले तोकिए भन्दा बढी लोड बोक्दा ब्यबस्थित सडकहरुमा समेत क्षती हुँदै आएको छ।



Jantedhunga
प्रतिक्रिया