भोजपुरमा बोलेरो गाडी दुर्घटना :एकजनाको मृत्यु

Jantedhunga

भोजपुर। आमचोक गाउँपालिका–८ हैखराङमा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

को १ ज २६१७ नम्बरको बोलेरो गाडी एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए । आमचोक–१० की २७ वर्षीया रुना राईको घटनास्थलमै मृत्यु भएको उनले बताए । 

बोलेरो अनियन्त्रित भएर सडकबाट २०० मिटर तल खसेको जनाइएको छ ।

दुर्घटनामा घाइते भएका १३ जनाको उद्दार गरी उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जनाइएको छ ।

विहान करीव १० बजेतिर दुर्घटना भएको हो ।

बालांखाबाट मैंयुटार गइरहेको बोलेरो सुनकोशी नदीमा खसेको जनाइएको छ ।

गुडिरहेको अवस्थामा अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरिएको प्रहरीको भनाई छ

Jantedhunga
प्रतिक्रिया