भक्तपुर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज ओलीनिवास बालकोटमा भेटवार्ता भएको छ ।
एमाले अध्यक्ष ओलीलाई भेट्न सभापति देउवा श्रीमती आरजु देउवा राणासहित बालकोट पुग्नु भएको थियो । भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो।
एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँले उहाँहरुबीच समसामयिक राजनीतिक विषय, देशको वर्तमान अवस्था र विभिन्न विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एमाले अध्यक्ष र कांग्रेसका सभापतिबीच नियमित भेटघाट हो, ठाउँ मात्रै फरक हो, केहीदिन अघि पनि सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसहित उहाँहरुबीच भेटवार्ता छलफल भएकै हो ।”
Jantedhunga
saturday 29 jun 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो