जनपक्षीय विद्यार्थी युनियनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

Jantedhunga

काठमाडौ ।जनपक्षीय विद्यार्थी युनियनले शैक्षिक क्षेत्रको  सुधारका लागि विभिन्न मागहरू राख्दै आन्दोलनको घोषणा गरेको छ।                                                            अध्यक्ष सुनिता बुढाथोकीले प्रेस विज्ञप्ति जारी गर्दै पौष ७ गते उपत्यकाव्यापी शैक्षिक हडताल लगायत आन्दोलनका कार्यक्रम बारे जानकारी दिएकी छन् ।                 विज्ञप्तिमा बिदेशमा रहेका नेपाली बिद्यार्थी,श्रमिकलगायत  सम्पुर्ण मतदाता हरुलाई आसन्न  निर्वाचन देखि  मतदानमा सहभागी हुने व्यवस्था गर्नुपर्ने  , निजी विद्यालयहरूले विभिन्न शीर्षकमा  मनोमानी असुल्दै आएको शुल्क घटाउनुपर्ने लगायतका १३ बुँदे  माग अघि सारेको जानकारी दिइएको छ।                                                    युनियनले आफ्ना जनपक्षीय मागहरू पुरा गर्न नेपाल  सरकार तथा सम्बन्धित सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउदै  विद्यार्थी तथा  नागरिकका संबैधानिक तथा लोकतान्त्रिक हक, अधिकार खोस्ने कुनै पनि गतिविधि युनियन लाई सह्य र स्विकार्य नहुने भन्दै यस्ता गतिविधि भएमा कडा प्रतिरोधमा उत्रने चेतावनी समेत दिइएको छ।  युनियन द्वारा जारी आन्दोलनका कार्यक्रमहरू  :             १) पौष २ गते - राष्ट्रपति, प्रधानमन्त्री, शिक्षा मन्त्री तथा निर्वाचन आयोगलाई ज्ञापनपत्र  बुझाउने ।                      २) पौष ३ गते - प्याब्सन र एन-प्याब्सनसँग अन्तरक्रिया गर्ने । ३) पौष ४ गते - मित्र विद्यार्थी संगठनहरूसँग अन्तरक्रिया तथा  बैठक गर्ने ।                                                          ४) पौष ५ गते - विद्यार्थी  संगठन, अभिभावक तथा शिक्षकबीच अन्तरक्रियातथा बैठक गर्ने ।                          ५) पौष २, ३, ४, ५ र ६ गते - स्कुल दैलो तथा कलेज दैलो कार्यक्रम ।

Jantedhunga
प्रतिक्रिया