काठमाडौ ।महोत्तरीमा लुटेरा समूहले शनिबार बिहान एकजनाको हत्या गरेको छ। मनरा शिसवा नगरपालिका- ४ साढाका अन्दाजी ७० वर्षीय सुशील झाको हत्या भएको प्रहरीले जनाएको छ।
बिहान ३-४ बजेतिर आएको अनुमानित ८ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले झाको हत्या गरेको स्थानीयवासीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए।
लुटेरा समूहले झाको घरमा रहेको सुनका केही गहना र करिब एक लाख रुपैयाँ पनि लुटेर लगेको उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान गरिरहेको जयसवालले बताए।
Jantedhunga
saturday 21 dec 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो