रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु

Jantedhunga

"मुगु, २० असार : रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

रारा तालको पूर्वी भागमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजङ रावलको डुबेर आज मृत्यु  भएको प्रहरीले जनाएको छ ।

मृतक रावल रारा ताल किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्दै थिए ।  अरु चार जना साथीसँग घर फर्कने क्रममा उहाँसहित अरु साथीहरुसँग तालको छेउमा पौडी खेल्दा रावलको मृत्यु भएको उहाँका काका नरेन्द्र रावलले जानकारी दिनुभयो । 

घटनाबारे जानकारी पाउनासाथ नेपाली  सेनाको हनुमान ध्वज गुल्मबाट दुई वटा डुङ्गा लिएर नेपाली सेना घटनास्थलमा पुगेको थियो । रारा विमानस्थल र  जिल्ला  प्रहरी  कार्यालयबाट थप प्रहरी टोली पुगी शव तालबाट निकालिएको हो ।

घटनाको मुचुल्का पछि शव परीक्षणका लागी जिल्ला अस्पताल  लगिएको जिल्ला  प्रहरी  कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक  वीरेन्द्र थापाले जानकारी दिनुभयो ।"

Jantedhunga
प्रतिक्रिया