बलात्कार आरोपित खोटाङका एक युवा लाई कतार बाट पक्राउ गरि नेपाल ल्याइयो।

Jantedhunga

खोटाङ   ।जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता भएपछि  इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति पक्राउ परेका छन् ।                                                                                       फरार प्रतिवादी खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७  का १९ वर्षीय किरण राई रेड नोटिस जारी भएको ५ दिन भित्रै कतारबाट पक्राउ परेका हुन् ।एनसिबि दोहाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।  राई विरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही पुस २० गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Jantedhunga
प्रतिक्रिया