काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं. ८ गिम्दीबेँसीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुवै स्थानमा पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको हो ।
वर्षा निरन्तर भइरहेकाले तत्काल पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन कठिन हुने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिए ।
उनले राजमार्गको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । सडकको अवस्थाबारे बुझ्न प्रहरीका १००, १०३ र १२३४ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।
Jantedhunga
saturday 31 oct 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो