३ लाखको लक्ष्य सहित का.स.भुजेलको अवकाश सहयोगमा जुट्यो खोटाङको जनसेवा मा.बि.

Jantedhunga

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ६ छितापोखरीमा अबस्थित श्री जनसेवा मा.बि दिहुँले आफ्नो बिध्यालयमा कार्यरत बिध्यालय कर्मचारी तथा कार्यालय सहयोगी पर्शुराम भुजेलको अनिवार्य अवकाश हुन लाग्दा अनिवार्य अवकाश सहयोग संकलन शुरु गरेको छ।

बिध्यालयमा बिगत लामो समयदेखि कार्यरत भुजेलको आगामी २०८० फागुन २० गते उमेर हदका कारण ४१ बर्ष लामो कार्यकाल पूरा गर्दै अनिवार्य अवकाश हुदैछ। आफ्नो जिवनकालको पूरा समय बिध्यालयमा खर्चिएका भुजेललाई रित्तो हात नपठाउने भन्दै बिध्यालयले रु.३ लाखको लक्ष्य सहित अभियान नै संचालन गरेर आर्थिक सहयोग संकलन गरिरहेको छ।

बिध्यालयले संचालन गरेको यस अनिवार्य अवकाश सहयोग अभियानमा विशेष गरि बिध्यालयका शिक्षक, बिध्यार्थी र अभिभावकसंगै देश, बिदेशमा रहेका पुर्व बिध्यार्थी, पुर्व शिक्षक, पुर्व प्र.अ. तथा स्थानीय बुद्दिजिवी, समाजसेवी र राजनितिकर्मीहरु लगाएत अन्य सहयोगी मनहरुबाट उत्साहजनक आर्थिक सहयोग प्राप्त भइरहेको तथा छिट्टै लक्ष्य अनुसारको सहयोग संकलन हुने र अबकाशसंगै भुजेललाई स-सम्मान एकमुष्ट संकलित रकम सहित बिदा गरिने प्र.अ. कोपिला राईले जानकारी दिइन। 

अहिलेसम्म रु.१ लाख माथी सहयोग संकलन भईसकेको र कार्यालय सहयोगी भुजेलको योगदानको उच्च मुल्यांकन गर्दै बिध्यालयले शुरु गरेको यस अभियानमा देश, बिदेशबाट आर्थिक सहयोगसंगै अथाहा साथ र हौसला पाइरहेको प्रती खुसी ब्यक्त गरिन, भने उहाँ जस्तो बिध्यालय कर्मचारी प्रति सरकार अहिलेसम्म बेखबर हुँदा हजारौं शिक्षक, कर्मचारीहरुको भबिष्य अन्योल भएको र सहयोगी मनहरुले आफ्नो गाँस काटेर सहयोग गर्नु परेको साथै राज्य आफ्नो दायित्वबाट पंछिएर गैरजिम्मेवार भएको भन्दै दुखेसो गरिन। राज्यलाई चुनौती दिनकै लागि पनि बिध्यालयले शुरु गरेको यस अभियानमा जोडिएर सक्दो सहयोग गरिदिन सबै प्रती आह्वान समेत गरिन।

मुलुकमा ठुल ठुला राजनितीक परिबर्तन भएता पनि श्रमजीवी र सर्वसाधारण जनताको अबस्था परिबर्तन हुन नसकेको भन्दै अब भुइँमान्छेको अबस्था परिवर्तनको क्रान्ती आबश्यक भएको स्थानीय अभिभावक तथा जिल्ला स्थित नेता शिवराज राई "कैदी" ले बताए। राईले बिध्यालयले संचालन गरेको कार्यालय सहयोगी भुजेलको अनिवार्य अवकाश सहयोग अभियानको प्रशंसा गर्दै भुजेल जस्ता शिक्षक, कर्मचारीहरुलाई जीवनको उत्तारार्धमा राज्यले रित्तो हात पठाउन नहुने र यसको उचित ब्यबस्थापन तथा तमाम शैक्षिक समस्याहरु यथासिघ्र समाधान गर्नुपर्ने साथै शिक्षाको बिकाश बिना मुलुक बन्न नसक्ने धारणा ब्यक्त गरे।

बिध्यालय कर्मचारी, राहत तथा अनुदान शिक्षक, बाबिके सहजकर्ता लगाएतको उचित ब्यबस्थापन हुन नसक्दा लाखौ शिक्षक, कर्मचारीहरुको भबिस्य अन्योल छ। शिक्षक कर्मचारीहरुको ब्यबस्थापन र शैक्षिक समस्या समाधान का लागि विभिन्न समयमा संघर्ष, आन्दोलन, सहमती र दस्ताबेजहरु तयार भएता पनि अहिलेसम्म उचित ब्यबस्थापन तथा समाधान हुन सकेको छैन। शैक्षिक क्षेत्रमा कहिले राज्य त कहिले शिक्षक,कर्मचारी नेतृत्वहरुबाटै स्वार्थपुर्ण सौदावाजी, राजनितिक अस्थिरता र हस्तक्षेप हुदाँ शैक्षिक क्षेत्रका यस्ता समस्याहरु दशकौंदेखि समाधान हुन नसक्नुका कारणहरु हुन्। शिक्षक, कर्मचारीहरु आफ्नो हक हितका लागि एकताबद्ध हुन नसक्नु वा राजनैतिक दलगत समुहमा बिभाजित हुनु पनि यसको प्रमुख कारणको रुपमा हेर्न सकिन्छ।


Jantedhunga
प्रतिक्रिया