प्रधानमन्त्री स्वदेश फिर्ता

Jantedhunga

काठमाडौं । चीन भ्रमणमा गएका प्रधानमन्त्री केपि ओली स्वदेश फर्किएका छन् । १७ गते चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी ओली बिहीबार अपराह्न स्वदेश फर्किएका हुन् ।

यही मंसिर १७ गते प्रधानमन्त्री बेइजिङ गएका थिए। चीनमा रहँदा नेपाल र चीनबीच बिआरआई परियोजनाको फ्रेमवर्कमा हस्ताक्षर भएको थियो । यसबाहेक नेपाल र चीनबीच ९ बुँदे विकास साझेदारीबारे सम्झौता भएको थियो।

नेपाल र चीनबीच टोखा-छहरे सुरुङमार्ग निर्माण, नेपाल-चीन व्यापार अभिवृद्धि, वसन्तपुरस्थित नौतले दरबार पुनर्निर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान, भैंसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकल, स्वयंसेवी चिनियाँ भाषा शिक्षक तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्री लीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् । ओलीले ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित संग्रहालय अवलोकन र पेकिङ विश्वविद्यालयमा सम्बोधनसमेत गरेका थिए ।

Jantedhunga
प्रतिक्रिया