घरायसी विवादको क्रममा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

Jantedhunga

बिराटनगर जेठ ६ गते । झापाको हल्दिबारी गाउँपालिका-५ की ३३ वर्षीया उर्मिला भण्डारीलाई हत्या गरेको आरोपमा मृतकका  श्रीमान ४४ वर्षीय गोकर्ण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।                                                      जेठ ५ गते राती घरायसी बादबिवादको क्रममा भण्डारीले श्रीमतीको टाउकोमा बाम्फोक प्रहार गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको थियो ।                               घटनाको जानकारी प्राप्त हुनासाथ  खटिएको प्रहरी टोलीले हत्यामा संलग्न भन्डारीलाई घटनामा प्रयोग भएको बाम्फोक सहित नियन्त्रणमा लिएको हो ।                              हत्यामा संलग्न भण्डारीलाई हिरासतमा राखी थप अनुसन्धान तथा आवश्यक कानूनी प्रक्रिया अगाडी बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ।

Jantedhunga
प्रतिक्रिया