विराटनगर, असार २९ । विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको अतिक्रमित जग्गामा निर्माण गरिएका व्यावसायिक संरचना हटाउने अभियान सोमबार बिहानदेखि सुरु गरिएको छ। अस्पताल प्रशासनले दिएको सात दिनको समयसीमा सकिएपछि जिल्ला प्रशासन र सुरक्षा निकायको समन्वयमा डोजर परिचालन गरी ३२ वटा व्यावसायिक सटर भत्काइएको हो।
अस्पताल प्रशासनका अनुसार नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, देवकोटा पुस्तकालय तथा गणेश मन्दिर समितिले निर्माण गरेका संरचनाअन्तर्गत सञ्चालनमा रहेका औषधि पसल तथा अन्य व्यावसायिक सटर हटाइएको हो। मुख्य संस्थागत भवनहरू भने तत्कालका लागि यथावत् राखिएको जनाइएको छ।
अभियानका क्रममा सम्भावित अवरोध रोक्न ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो। अस्पताल प्रशासनले खाली भएको जग्गामा कम्पाउन्ड वाल निर्माण गरी अस्पतालको सेवा विस्तार तथा गुरुयोजना कार्यान्वयन गरिने जनाएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो