काठमाडौँः चौसठ्ठी वर्षपछि नेपालमै छापिएको हुलाक टिकट आजदेखि प्रचलनमा आएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनक शिक्षा सामग्री केन्द्रमा मुद्रण गरिएका ११ प्रकारका हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाएकी हुन्। हुलाक सेवा विभागले सहिद रामवृक्ष यादव, वाम आन्दोलनकी नेत्री साहना प्रधान, साहित्यक व्यक्तित्व तथा राजनीतिज्ञ नेत्रलाल पौडेल ‘अभागी’ र प्रजातान्त्रिक आन्दोलनका योद्धा कामी बुढा तथा नई प्रकाशनको रजत जयन्ती, श्रीबला त्रिपुरासुन्दरी देवी मन्दिर, औषधीय गुणले भरिपूर्ण मरेठी र विभिन्न चार प्रकारका जडीबुटी अङ्कित हुलाक टिकट प्रकाशन गरेको हो।
राष्ट्रिय व्यक्तित्व, महत्त्वपूर्ण जडीबुटी, धार्मिकस्थलका ८० लाख थान हुलाक टिकट प्रकाशन गरिएको विभागका महानिर्देशक प्रदीप अधिकारीले बताए। यसअघि भारत, इण्डोनेसिया, लाद्भियालगायत मुलुकमा हुलाक टिकट मुद्रण हुँदै आएको उल्लेख गर्दै उनले नेपालमै टिकट छापिन थालेसँगै समय र लागत बचत भएको बताए।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो