आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको बिनिमय दर

Jantedhunga

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।                  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । सोमबार डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसाका दरले कारोबार भएको थियो । 

यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ९१ पैसा रहेको छ । सोमबार खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा रहेको थियो । 

त्यस्तै, बेलायती पाण्उड एकको खरिद दर १६९ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ १९ पैसा रहेको छ । सोमबार खरिद दर १६९ रुपैयाँ ३४ पैसा र बिक्री दर १७० रुपैयाँ १० पैसामा कारोबार भएको थियो । 

यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ ।

Jantedhunga
प्रतिक्रिया