अछाम ।अछामको कमलबजार नगरपालिका ७ क्वालेखस्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मंगलसेनबाट क्वालेखतर्फ जाँदै गरेको से १ ज ६१३ नम्बरको जिपमा सवार कमलबजार नगरपालिका ७ बस्ने ३४ वर्षीय कर्ण भाटको उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा घाईते मिन बहादुर भाट र बद्री भाटलाई थप उपचारको लागी सुर्खेत तर्फ पठाईएको छ । दुर्घटनाग्रस्त जिप तथा चालक पुष्प बुढा प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Jantedhunga
sunday 07 jun 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो