खोटाङको दिप्रुङबाट गएको वडाध्यक्षको टोलीले जाजरकोटमा आवास निर्माणमा भौतिक सहयोग गर्दै।

Jantedhunga

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट वडा नं.३ का वडाध्यक्ष भुपेन्द्र बस्नेतको नेतृत्वमा गएको टोलीले जाजरकोटको एक भुकम्प पीडित परिवारका लागि आवास निर्माणमा भौतिक सहयोग गरिरहेको छ।

वडाध्यक्ष बस्नेत सहित दिप्रुङ चुइचुम्मा गाउँपालिका स्वास्थ्य शाखा अन्तर्गत हेल्लो डाक्टर कार्यक्रमको टिम लिडर सुरेश प्रधान र वडा न.४ बतासेका युवा समाज सेवी समीर दंगालको टोली भुकम्प पिडितहरुलाई भौतिक सहयोग गर्न भन्दै गत मंसिर ४ गते २५ घण्टा लामो गाडीको यात्रा गरि जाजरकोटको खलङ्गा पुगेको थियो। 

५ गते बिहानैबाट भौतिक सहयोगमा जुटेको टोलीले भेरी नगरपालिका वडा नं. ३ पिपल डाँडाका भुकम्प पिडित जेष्ठ नागरिक चक्र बहादुर चनको परिवारको लागि आवास निर्माणमा भौतिक सहयोग गरिरहेको छ। आवास निर्माण शुरु गरेको वडाध्यक्ष बस्नेतको टोलीलाई उदयपुरबाट गएको कृष्ण कुमार राई, दिनेश धामी र रामधामीले सहयोग गरिरहेका छन। आवास निर्माण सम्पन्न गरि छिट्टै पिडित परिवारलाई हस्तान्तरण गर्ने टोलीमा संलग्न हेल्लो डाक्टरका टिम लिडर सुरेश प्रधानले जानकारी दिए। साथै चिसोका कारण विशेष गरि बृद्दबृद्दा र बालबालिकाहरुमा निमोनिया, झाडापखाला र स्वासप्रस्वासमा असर जस्ता समस्याहरू देखिएकाले आफुले भौतिक सहयोगसंगै स्वास्थ्य सल्लाह र परामर्श समेत दिइरहेको प्रधानले बताए।

"जाडोको समय छ, यहाँ धेरै परिवार घर बिहिन हुनुहुन्छ, यहाँको दर्दनाक अबस्था हेर्दा घर फर्किन मन नै छैन।" भन्दै अझै केही दिन स्वयम सेवा गरेर फर्किने टोलीका संयोजक वडाध्यक्ष भुपेन्द्र बस्नेतले बताए। साथै बिपदमा आफुले सकेको मानवीय सहयोग गर्न सबै नेपाली दाजुभाइ, दिदिबहिनीहरुलाई आह्वान समेत गरे ।

गत कार्तिक १७ गते राती ११.४७ बजे जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर ६.४ म्याग्निट्युडको भुकम्प जाँदा पश्चिम नेपालको विभिन्न जिल्लाहरुमा ठूलो धनजनको क्षेती भएको थियो। भने जाजरकोटको नलगाड नगरपालिकाकी उमेर सरिता सिँह सहित १५७ जनाको भुकम्पमा परि ज्यान समेत गएको थियो। यस अघि २०७२ बैशाख १२ गते गोर्खाको बारपार्क केन्द्र बिन्दु भएर गएको ७.६ म्याग्निड्युटको विध्वंसकारी भुकम्पले नेपालभर ८ हजार बढिले जान गुमाउनुका साथै नेपालका प्राकृतिक, धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक सम्पदासंगै ठूलो धनजनको क्षती भएको थियो।




Jantedhunga
प्रतिक्रिया