प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

Jantedhunga

काठमाडौ। प्रतिनिधिसभाका नवनियुक्त सचिव  सुरेश अधिकारीले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार उक्त पदमा नियुक्त गर्नुभएको हो ।

त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो । 


Jantedhunga
प्रतिक्रिया