मर्मत पूरा हुँदै गर्दा पुन:बर्षातले प्रमुख सडकहरु बिग्रीन सक्ने भएपछि अध्यक्ष राईको चिन्ता।

Jantedhunga

निरन्तरको अबिरल बर्षातका कारण देशका विभिन्न भागमा बाढी, पहिरो, डुवानका समाचारहरु आइरहेका छन् । निरन्तरको बर्षातले पक्की सडकहरुसमेत अबरुद्ध भई आवाज-जावतमा जताततै सास्ती खेपिरहनु परेको छ। यतिबेला नेपालीहरुको महान चाड बिजया दशमी नजिक आइरहेको छ। 

बर्षातका कारणले सडकहरु अबरुद्द हुँदा चाडपर्वमा आवाज-जावातमा समस्या हुने साथै चाडपर्वको मुखमा भएको अविरल बर्षातले यो बर्षको दशैं हिल्लाम्मे हुन सक्ने भन्दै धेरैले चिन्ता ब्यक्त गरिरहेका छन् ।

यसै सन्दर्भमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले आफ्नो फेसबुक अकाउन्ट मार्फत एक स्टाटस लेख्दै गाउँपालिका भित्रका प्रमुख सडकहरु पुनः बिग्रीन सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् । 

गाउँपालिकाले चाडपर्वलाई लक्षित गरि बर्षातको समयमा बिग्रीएको सडकहरुको मर्मत तथा सुधारको काम धमाधम गरिरहेको थियो। यसै बिचमा दुईदिनको निरन्तर बर्षातले मर्मत तथा सुधारमा अबरुद्ध गरेपछी अध्यक्ष राईले चिन्ता ब्यक्त गरेका हुन्।

गाउँपालिकाले शुक्रवार एक बिज्ञप्ति जारी गर्दै बर्षातको समयमा हुन सक्ने सम्भाबित असरका लागि पुर्वतयारी एंव सतर्कता अपनाउन गाउँपालिकाबासीहरुलाई अपिल गरिसकेको छ। 

निरन्तरको बर्षातका कारण बिग्रीएका प्रमुख सडकहरु र सकेसम्म टोलटोल जोड्ने सबै सडक बाटोहरुसमेत मौसममा परिबर्तन हुन साथ यथाशीघ्र मर्मत तथा सुधार कार्य सुरु गरिने अध्यक्ष राईले टेलिफोन सम्पर्कमा जानकारी दिए।

यसै गरि यसपटकको निरन्तरको बर्षातले हालसम्म गाउँपालिका भित्र ठुलो धनजन क्षतीको जानकारी नआएको अध्यक्ष राईले बताए। साथै यसबाट गाउँपालिकाबासीहरुको जनजीवनमा क्षती पुगेको भए तत्काल क्षती विवरण संकलन गरि राहत तथा सहायता उपलब्ध गराईने बताए। 

बर्षात जन्य जोखिम कम नभएसम्म यसबाट हुन सल्ने असरका लागि पुर्व तयारी र सतर्कता अपनाउन आम गाउँपालिकाबासीहरुलाई अध्यक्ष राईले अपिल समेत गरे।



Jantedhunga
प्रतिक्रिया