फरार प्रतिवादी ६ बर्ष पछि पक्राउ

Jantedhunga

बिराटनगर मोरङको विराटनगर महानगरपालिका-१६ स्थितमा ईशा योगी शेर्पालाई आगोले जलाई मारेको घटनाका फरार प्रतिवादी ५५ बर्षीय एसराज लामालाई  घटनाको ६ बर्ष पछि     प्रहरीले पक्राउ गर्न सफल भएको छ। 

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी लामालाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।                                                                                      प्रतिवादी लामाले २०७६ साल बैशाख ८ गते झापा अर्जुनधारा नगरपालिका-११ घर भई विराटनगर-१६  बस्दै आएकि २१ बर्षीया ईशा योगी शेर्पाको शरिरमा पेट्रोल खन्याई आगोले जलाई फरार भएका थिए । घाईते शेर्पाको किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। 

Jantedhunga
प्रतिक्रिया