अत्यावश्यक विभिन्न २५ वटा सेवामा हडताल गर्न नपाइने

Jantedhunga

काठमाडौं : सरकारले आवश्यक विभिन्न २५ वटा सेवामा हड्ताल निषेध गर्ने आदेश जारी गरेको छ । गृह मन्त्रालयले बिहीबार आवश्यक सेवा सञ्चालन ऐन २०१४ले दिएको अधिकार प्रयोग गर्दै हडताल निषेध गर्ने आदेश राजपत्रमार्फत जारी गरेको हो । 

 आवश्यक सेवामा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाई मार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा सेवा समेटिएको छ । 

 त्यस्तै आवश्यक सेवामा आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, सञ्चार सेवा, अस्पताल तथा एम्बुलेन्स सेवा पनि राखिएको छ । 

 मास्कसम्बन्धी सेवा, ह्याण्ड सेनिटाइजरसम्बन्धी सेवा, भेटेरिनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा, औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा, बैंकिङ सेवा, बीमा सेवा, विद्युत सेवा, इन्टरनेट सेवामा पनि हड्ताल गर्न निषेध गरिएको छ ।

No description available.


Jantedhunga
प्रतिक्रिया