खोटाङको ऐसेलुखर्ककी १५ वर्षीया वालिकाको मोरङमा विभत्स हत्या

Jantedhunga

मोरङ – मोरङ्गको पथरीशनिश्चरे नगरपालिका - ७ लामाटोलमा सोमबार राति १० बजेतिर अज्ञात ब्यक्तिले  घाँटीमा धारिलो हतियार प्रहार गरी एकजना बालिकाको  विभत्स हत्या गरेको छ।

खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका- ६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती राईको हत्या गरिएको हो। दुई वर्ष अगाडीदेखि फुपूको छोरा दाजुको घरमा बसेर पञ्चायत माविमा कक्षा ७ मा अध्ययन गर्दै आएकी बालिकाको टाउको र शरीर छुट्याएर  हत्या भएको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालयको टोली तथा मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज कार्की पनि आइपुगेका छन्। घट्नाको अवस्था जटिल रहेको र हत्यारा अहिलेसम्म पत्ता लाग्न नसकेकोले   कोशी अञ्चल प्रहरी कार्यालय धरानबाट तालिमप्राप्त  कुकुर ल्याएर घटनास्थलको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Jantedhunga
प्रतिक्रिया