प्रतिबन्धित लागुऔषध सहित चारजना पक्राउ

Jantedhunga

२०८० चैत्र २८ गते 

भद्रपुर।झापाको अलगअलग दुई  स्थानबाट प्रहरीले  प्रतिबन्धित लागुऔषध ब्राउनसगुर सहित चारजनालाई पक्राउ गरेको छ ।                                                  लागुऔषधको ओसार पसार तथा बेचबिखन समेत भईरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार साँझ प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-९ का २६ बर्षीय ललित कुमार राजवंशी र बिर्तामोड नगरपालिका-३ का २५ बर्षीय अनिल कुमार राजवंशीलाई ४८० मिलिग्राम लागुऔषध ब्राउनसगुर र १ थान मोवायल सहित पक्राउ गरेको हो ।                    यसैगरी ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-८ बाट दमक-९ का ३५ बर्षीय बिनोद राई र ३१ बर्षीय गोपाल लम्जेललाई मंगलवार राती ७ ग्राम १०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।                                                      लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप  अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Jantedhunga
प्रतिक्रिया