जन्तेढुंगा संवाददाता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्री पदका लागि दुई दिने अल्टिमेटन दिएको छ ।
पार्टीलाई सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने भएको छ । पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
बैठक स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक दुई दिनका लागि स्थगित गरिएको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अहिलेलाई स्थगित गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेकोले अहिलेलाई बैठक स्थगित गरिएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
उच्च राजनीतिक संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय भएको समेत प्रवक्ता ढकालले जानकारी दिए।
‘दुई दिनको समय मागेकोले दुई दिनपछि आवश्यक निर्णय गर्नेछौं’, उनले भने ।
Jantedhunga
thursday 02 feb 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो