असोज १४, ओखलढुंगा ।
जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको दुःखद् निधन भएको छ ।
काठमाडौ स्थित त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगन्जमा असोज १३ गते राती उनको उपचारको क्रममा ७३ वर्षको उमेरमा स्वर्गारोहण भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
उनी नेपाली कांग्रेस ओखलढुंगाका पूर्व उपसभापति र महासमिति सदस्य रहनुका साथै जिल्लामा एक कुशल नेताको रुपमा परिचित थिए ।
खनालको निधनप्रति नेपाली कांग्रेस पार्टीले उनले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको सक्रिय भूमिकाको स्मरण गर्दै शोक वक्तव्य जारी गरेको छ ।
प्रस्तुत छ कांग्रेस द्वारा जारी शोक वक्तव्य:
खनाल गत स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न भएको निर्वाचनको क्रममा सिद्धिचरण नगरपालिका वडा नम्बर ३ बाट वडा सदस्य निर्वाचित भइ जेष्ठ ३० गते देशै भरि सम्पन्न भएको जिल्ला समन्वय समितिको निर्वाचनमा जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा निर्वाचित भएका थिए ।
सिद्धिचरण नगरपालिका वडा नम्बर ३ स्थायी निवासी स्वर्गीय खनालका श्रीमती, दुई छोरा र दुई छोरीहरु रहेका छन् ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो