आयुशा कार्की दमक । झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किइरहेकी एकजना छात्रा माथि गोली प्रहार भएको छ।
शुक्रबार दिउँसो साढे १२ बजेतिर सिरहा घर भएका अमितकुमार साहले परिक्षा दिएर फर्कदै गरेकी छात्रालाई गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
उदयपुर घर भई दमकमा डेरा बसेर हिमालय माद्यामिक बिध्यालयमा कक्षा १२मा अध्यनरत १८ वर्षीया एनिका अधिकारीलाई गोली प्रहार भएको हो । उनी कक्षा १२ को परीक्षा दिएर डेरा फर्किंदै थिइन् ।
गोली लागेर दाहिने हातमा चोट लागेकी अधिकारीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ। गोली हानेर फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
Jantedhunga
friday 03 may 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो