रामबहादुर बम्जनलाई १० वर्ष कैद सजायको फैसला

Jantedhunga

सर्लाही ।बालयौन दुरुपयोगमा दोषी ठहर भएका तपस्वीका रूपमा चर्चित रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय सुनाइएको छ।

जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनबहादुर भण्डारीको इजलासले सोमवार सजाय निर्धारण गरेको हो। “इजलासले १० वर्ष कैद सजाय तोकेको छ,” जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले भने। यससँगै बम्जनले पीडितलाई क्षतिपूर्ति पनि दिनुपर्ने भएको छ।

अदालतले बम्जनबाट पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको स्रेस्तेदार अधिकारीले बताए। बम्जन विरुद्ध नामथर परिवर्तित २२ जिल्ला बस्ने (क) १ की १८ परिवर्तित (क) ले जाहेरी दिएकी थिइन्। उनको जाहेरीका आधारमा २०७७ असार १८ गते बम्जन विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।  

उनी विरुद्ध बालयौन दुरुपयोगको अभियोग लागेको थियो। मुद्दा दर्ता भएपछि बम्जन भागेका थिए। उनी गत पुस २४ गते काठमाडौंबाट पक्राउ परेका थिए।

Jantedhunga
प्रतिक्रिया