पौष ६
चिसापानी । खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिका ५ चिसापानी बजार स्थित चिसापानी क्याम्पस संचालक समितिको आज बसेको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय हरु गरेको छ।
बैठकले सहायक क्याम्पस प्रमुखमा राजु तामाङ र प्रशासन प्रमुखमा तारानाथ भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ। २०६९ साल मंसिर २४ गते त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त चिसापानी क्याम्पसमा हाल शिक्षा शास्त्र संकाय तर्फ स्नातक तहको कक्षा संचालन हुँदै आएको छ ।
बैठकले चिसापानी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका निम्ति नि:शुल्क लोकसेवा कक्षा र कक्षामा नियमित सहभागिता जनाउने विद्यार्थीहरुका निम्ति कम्प्युटर कक्षाको व्यवस्था मिलाउने पहल गर्ने निर्णय गरेको संचालक समिति सदस्य मोहन सुप्तिहाङले जानकारी दिएका छन् ।
चिसापानी माविको भवन बाट संचालनमा हुदै आएको क्याम्पसको हाल सम्म आफ्नै नाममा जग्गा र भवन नभएकोले जग्गा खरिदका निम्ति आजैको बैठकबाट आर्थिक सहयोग संकलनको अभियान शुरूवात गरिएको पनि उनले बताएका छन् ।आज बैठकमा सहभागीहरु मध्ये बाट २लाख ७ हजार ४ सय आर्थिक सहयोग संकलन भएको छ ।
बैठकमा सहभागी हरु मध्ये कुमार राई २५ हजार ५ सय ५५, प्रकाश राई २१ हजार , राजु तामाङ २० हजार ५सय जीवनकुमार राई १५ हजार ५सय ९९,तारानाथ भट्टराई १५हजार ५सय, सीताराम कार्की १० हजार ५ सय ९९ कपिलराज घिमिरे १० हजार र, पवित्रा भट्टराई १० हजार आर्थिक सहयोग गरेका छ्न।त्यसैगरी अरुणा देवी राई १० हजार, खेम बहादुर खड्का ९ हजार ५ सय,जयनारायण शाह ७हजार ५ सय,सानू राई ७ हजार ५ सय र राजन पराजुलीले ७ हजार ५ सय आर्थिक सहयोग उपलब्ध गराएका छ्नभने भुपजीत राईले ७ हजार तथा मोहन सुप्तिहाङ,सीता राई र हरि बहादुर बस्नेतले जनही ५ हजार ५५५ , वीरबल राई र अर्जुन पराजुलीले जनही ५ हजार र खगेन्द्र बस्नेतले ३ हजार आर्थिक सहयोग उपलब्ध गराएका छन ।क्यापसले आज बाट थालनी गरेको आर्थिक सहयोग संकलनको अभियानलाई उद्देश्य प्राप्ति नभए सम्म जारी राख्ने भएको छ ।
स्थानीय स्तरमा संचालित क्याम्पसले आर्थिक स्थिती कमजोर भएका र उच्च शिक्षा हासिल गर्न अन्यत्र जान नसक्ने विद्यार्थीहरुका निम्ति गुणस्तरीय शिक्षा दिदै आएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो