काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण तथा पदबहाली आज हुने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार बडादसैँको फूलपातीका अवसरमा आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम आयोजना गरिएको हो। महाधिवेशनको मतगणना सम्पन्न भएसँगै सभापतिमा निर्वाचित थापाको शपथग्रहण तथा पदबहाली कार्यक्रम तय गरिएको हो।
समारोहमा सहभागी हुन उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
कांग्रेसले केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण भने दसैँपछि गर्ने जनाएको छ। महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ।
Jantedhunga
saturday 17 oct 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो