बिराटचौक। मोरङको सुन्दर हरैँचा नगरपालिका–४ मा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४५२५ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको को २० प ५८५४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा–७ का २५ वर्षीय भुपाल मगर, पछाडि सवार ३२ वर्षीय भीमबहादुर मगर र २८ वर्षीय बिक्रम माझी घाइते भएका थिए ।
उनीहरुलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारकै क्रममा बिक्रम माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Jantedhunga
saturday 09 dec 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो