गढी गाउँपालिकाको अनुगमन टोलिद्वारा मधेली बजारमा अनुगमन

Jantedhunga

गढी गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक अनिता कुमारी शाहको संयोजकत्वमा१५सदस्य टोलि संयुक्तरुपमा बजार अनुगमन सुरु गरेको छ।जस अनुसार गढी गाउँपालिकाकी उपाध्यक्ष -अनिता कुमारी शाह,प्रमुख प्रसासकिय अधिकृत-उमेश घिमिरे ,योगराज निरौला,सन्तोष आचार्य,बिष्णु दाहाल ,गढी गाउँपालिका -वडानम्बर-१का वडा अध्यक्ष-प्रदीप कुमार चौधरी,१नम्बर वडासचीव-लिलानाथ कोइराला,कार्यपालिका सदस्य-श्याम कुमार माझी,रामसेवक शर्मा,सुबन यादव त्यसैगरी प्रहरी चौकि चान्दबेलाका प्रतिनिधि-महि नारायण चौधरी,दिनेश माझी,औराबनी प्रहरी चौकिका प्रतिनिधि-मनोज कुमार पोख्रेल र सन्जय यादब र स्थानीय राजनीतिदलका प्रतिनिधि लगायतका र स्थानीय निकायका प्रतिनिधिले संयुक्त रुपमा मधेली बजार अनुगमन गरेको हो।

बजार अनुगमन गर्ने क्रममा केही ब्यापारीहरु पसल बन्दगरी भाग्ने गरेको पाएको छ भने केहि ठाउँमा गाउँपालिका तथा वडा कार्यालयमा दर्ता नगरी ब्यबसाय संचालन गरेको भेटिएको छ, केहि ठाउँमा दर्ता गरेपनि नबिकरण नगर्ने पाइएको छ । अनुगमन क्रममा म्याद ठुलो परिमाणमा विभिन्न किराना पसल ,कस्मेटिक्स पसलमा गुज्रिएको बस्तुहरु दैनिक उपभोगय बस्तुहरु खाने तेल,मसला,भुजिया, चिजबल,चाउचाउ,बिस्कुट,कस्मेटिक्सका सामान्हरु फेसवास,सेम्पु,क्लिन्जिङ्ग,स्यानेट्रीप्याड,मन्जन,फेयर एण्ड लभ्ली,सौचालय सफा गर्ने हर्पिक लगायत थुप्रै सरसामानहरु जफत गरीको थियो ।

सो जफत गरिएको सम्पुर्ण समानहरु बजार मुल्य करीब ९हजार २सय पैसठी बराबर रहेको जनाइएको छ।सो सम्पुर्ण जफत गरिएको सामग्रीहरु गढी गाउँपालिका वडा नम्बर-१मधेलिको कार्यालय परिसर भित्र फोहोर जलाउने स्थानमा मुचुल्का उठाई नष्ट गरीएको हो।

अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष अनुगमन तीब्र बनाउँदै आएका स्थानीय निकायले ब्यबसायीलाई जागरूप र सचेत तुल्याएकोमा नियमित अनुगमन गर्नु पर्ने ब्यबसायीको माग छ ।
अर्को तर्फ अनुगमन आयो भन्दैमा केहि ब्यबसायी ससंकित हुने र सटर झारेर बन्द गरेको समेत पाइएको छ। बजारलाई स्वच्छ राख्न, उपभोक्ता हकलाई सुनिश्चित गर्न र बजार अनुगमनले टेवा पुर्याउने गढी गाउँपालिकाका प्रमुख प्रसशाकीय अधिकृत उमेश घिमिरे बताउछन । कतिपय बस्तुहरुमा प्याकेजिङ्गमा दर्ता नभएको उत्पादन मिति र सकिने मिति नरहेको र त्यस्ता बस्तुको बेचबिखन गरेको अनुगमनमा भेटिएको घिमिरेको भनाई छ।

यसै गरि गढि गाउँपालिका अन्तर्गत रहेका सबै वार्डमा यसै अनुसार अनुगमन का कार्यक्रम तिब्र गतिमा भइरहेकाे छ ।


Jantedhunga
प्रतिक्रिया