मोरङको लेटाङमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु

Jantedhunga

मोरङ : मोरङको लेटाङमा ट्याम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कानेपोखरी गाउँपालिका ७ का ४१ वर्षीय ओमनारायण श्रेष्ठ रहेका छन् ।

लेटाङ नगरपालिका ३ स्थित भित्री सडकखण्डमा को २ ह ३२०८ नम्बरको अटो आफैँ अनियन्त्रित भएर शुक्रबार बिहानको राति २ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि लेटाङ एडभान्स हेल्थ केयर सेन्टरमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Jantedhunga
प्रतिक्रिया