धरान । एकीकृत अखिल नेपाल शिक्षक संगठन धरान नगर समितिले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन धरान नगर समितिले विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
संगठनका नगर अध्यक्ष काजीबहादुर लामाको अध्यक्षता तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय परिषद सदस्य विष्णु पुमा राईको प्रमुख आतिथ्यमा श्री ज्ञानोदय माध्यमिक विधालय धरान, ११ मा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राईले एकीकृत अखिल नेपाल शिक्षक संगठनले सबै उत्पीडित शिक्षक तथा कर्मचारीहरूको हकहितमा स्थापना कालबाट नै आवाज बुलन्द गर्दै वस्तुगत र तथ्यगत मुद्दा उठान गर्दै आएको जनाउदै यसको प्रचार प्रसार पर्याप्त मात्रमा हुन नसकेको र यसको व्यापक प्रचार प्रसार हुनु पर्ने बताएका छन् ।
चाडपर्वमा भेटघाट हुने आफन्त तथा साथी सङ्गीहरूसँग आपसी सम्बन्धहरू नवीकरण गर्दै संगठनले उठाएका मुद्वाहरूको विषयमा छलफल तथा प्रचार प्रसार गर्नु पर्ने विषयमा प्रमुख अतिथि राईले विशेष जोड दिएका छन् ।
कार्यक्रममा संगठनका प्रदेश सदस्य राजु फुयाल, यमकुमार चाम्लिङग, जिल्ला उपाध्यक्ष मिनाकुमारी तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संगठनका नगर सचिव मङ्गसिंह तामाङको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा संगठनमा आस्था राख्ने धरानमा कार्यरत शिक्षकहरूको बाक्लो उस्थितिमा कार्यक्रम सम्पन्न भएको जानकारी नगर अध्यक्ष काजीबहादुर लामाले दिएका छन् ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो