दशैँमा टीका ग्रहण गर्दा प्रयोग गरिने मन्त्र र त्यसको अर्थबारे जानी राख्नुहोस्।

Jantedhunga

बडादशैंमा आजबाट मान्यजनका हातबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्ने गरिन्छ।​

दुर्गाभवानीको प्रसाद स्वहरूपका टीका र जमरा ग्रहण गर्ने क्रममा विभिन्न संस्कृतका मन्त्रहरू उच्चारण गर्ने गरिन्छ। मन्त्रसँगै आशीर्वाद पनि दिने चलन छ।

संस्कृतका मन्त्रहरूमा धन, मान, ऐश्वर्य, बल, आयु, स्वास्थ्य, ज्ञान, शान्ति मनोकामना पूर्णलगायतका शुभेच्छासहित आशीर्वाद दिने गरिन्छ। टीका लागाउदा पुरुष र महिलाको लागि छुट्टाछुट्टै मन्त्रोच्चारण गर्ने चलन छ ।


आयु द्रोणसुते श्रीयो दशरथे भन्ने मन्त्र पुहरूषहरूलाई टीका लगाईदिँदा उच्चारण गर्ने मन्त्र हो। यसैगरी जयन्ती मंगलाकाली भद्रकाली कपाली भन्ने मन्त्र महिलालाई टीका लगाईदिँदा उच्चारण गर्ने गरिन्छ।

​आयु द्रोणसुते श्रीयो दशरथे शत्रूहक्षयं राघवे।ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च र्दुयोधने।दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।। 

आयु द्रोणसुते भनेको द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु होस् भन्ने हो। अष्ट चिरञ्जिवीमध्ये एक पर्ने अस्वत्थामाको आयु यो ब्रम्हाण्ड रहुन्जेल भएको पुराणमा उल्लेख छ।

श्रीयो दशरथे भन्नाले दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस् भन्ने कामना हो। यसैगरी शत्रूहक्षयं राघवे भनेको भगवान् रामको जस्तो शत्रु नाश होस् भन्ने हो। रामका शत्रुहरु सबैको नाश भएजस्तै टीका थाप्नेहरूको पनि शत्रुहरु नाश होउन् भन्ने शुभेच्छा हो।

ऐश्वर्य नहुषे भनेको नहुष राजाको जस्तो खुसी ऐश्वर्य होस् भन्ने हो। जीवनमा सधै हाँसी खुसी रहनुपरोस् , दुख नपरोस् , मनमा आनन्द होस् भन्ने कामना मन्त्रमा उल्लेख गरिएको छ। गतिश्च पवने भन्नाले पवन पुत्र हनुमानको जस्तो गतिशीलता होस् भन्ने हो। हनुमानको गति यति छिटो थियो की उनले आफ्नो गतिमा लाखाैँ कोस समुन्द्रपारी लंका पुगेर माता सीताको पत्ता लगाएका थिए।

टीका थाप्ने मन्त्रमा मानञ्च दुर्याेधने पनि भनिन्छ। यसको अर्थ दुर्याेधनको जस्तो मान हुन सकोस् भन्ने हो। दुर्योधनले आफुले मान्नुपर्ने र पाहुनालाई धेरै मानसम्मान दिने गरेको महाभारतमा उल्लेख छ। यसैगरी दानं सूर्यसुत भनेको सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस् भनेको हो।

बलं हलधरे भन्नाले हलो बोकेर हिँड्ने कृष्णका दाजु बलरामको जस्तो बल होस् भन्ने कामना पनि गरिन्छ। यसैगरी सत्यञ्च कुन्तीसुत भनेर टीका जमरा लगाउँदा मान्यजनले आशिस दिन्छन्। यसको अर्थ  कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता होस् भन्ने हो। युधिष्ठीरले पनि जिवनमा सत्य मात्रै बोले र ब्यवहारमा पनि उतारे। जसका कारण असत्यका प्रतिक कौरब पराजीत भए।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे भन्नाले  विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वाद दिने गरिन्छ।

यसैगरी महिलालाई टीका लगाउदा उच्चारण हुने मन्त्र यसो छ:

ॐ जयन्ती मंगलाकाली,भद्रकाली कपालिनी।दुर्गा क्षमा शिवा धात्री, स्वाहा स्वधा नमोस्तु ते।

यसमा कुनै विशेष आशिर्वाद नभएर देवीको स्तुती गाईएको छ । यसमा देवीको विभिन्न स्वरुपको नाम लिइएको छ । यो श्लोक चण्डीबाट साभार भएको हो ।जयन्ती : जित्नेवालीमंगलाकाली : मंगल गर्नेवाली देवीभद्रकाली : दक्षप्रजापतीको यज्ञ विनास गर्न सतीदेवीको क्रोधबाट प्रकट भएकी देवीकपालिनी : भगवती दुर्गाको अर्को नामदुर्गा : दुर्ग नाम गरेको राक्षसलाई मार्नेवाली देवीक्षमा  : पृथ्वीशिवधात्री : कल्याण गर्नेवालीस्वाहा : दक्षप्रजापतीकी छोरीस्वधा : दक्षप्रजापतीकी छोरीनमोस्तुते : त्यसती देवीलाई नमस्कार छ ।



Jantedhunga
प्रतिक्रिया