दिप्रुङमा आधारभुत अस्पताल उद्घाटन, चौबीसै घण्टा Emergency सेवा दिने।

Jantedhunga

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा डाक्टर सहितको आधारभुत अस्पताल तथा हेल्लो डाक्टरको कार्यालय उद्घाटन भएको छ। आज गाउँपालिका अध्यक्ष लोकेन्द्र राईको अध्यक्षता र बौद्धिक ब्यक्तित्व हरि रोक्काको प्रमुख आथित्यतामा अस्पताल उद्घाटन भएको हो। 

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा समाबेश गरि हेल्लो डाक्टर कार्यक्रम संचालन गर्दै आइरहेको छ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. २ डाँडागाउँ स्थित ओख्रेमा आधारभुत अस्पताल तथा हेल्लो डाक्टर कार्यक्रमको कार्यालय उद्घाटन भएको हो। आधारभुत अस्पताल उद्दघाटन भए संगै चौबीसै घण्टा आपतकालीन सेवा समेत संचालन हुने भएको छ।

गाउँपालिकाले यस अघि नै MBBS डाक्टर, स्टाफ नर्स, ल्याव असिस्टेन्ट नियुक्ती गरि सकेको छ। कार्यक्रममा प्रमुख अतिथीको रुपमा आफ्नो भनाई राख्दै बौद्धिक ब्यक्तित्व हरि रोकाले जनताको जीवन र अबस्थामा सुधार गर्न गाँस,बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीमा राज्यले लगानी गर्नु पर्ने बताए। डाक्टर सहितको अस्पतालको उद्घाटन गरेर गाउँपालिकाले नागरिकको हितमा काम गरेको भन्दै स्थानीय सरकारको प्रशंसा गर्दै धन्यवाद ब्यक्त गरे।

कार्यक्रममा समापन मन्तब्य राख्दै गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले नागरिकहरुको स्वास्थ्य संबेदनसिलतालाई मध्यनजर गर्दै सामान्य स्वास्थ्य समस्यामा पनि तराईका विभिन्न सहरमा ठूलो धनराशि खर्च गरेर जानू पर्ने बाध्यताको अन्त्य गर्न डाक्टर सहितको आधारभुत अस्पताल उद्घाटन गरिएको बताए। आधारभुत अस्पताललाई थप ब्यबस्थित बनाउँदै लगिने र आफ्ना नागरिकहरुको यथासक्दो गाउँपालिका भित्रै उपचारको प्रबन्ध गरिने बताए।

Jantedhunga
प्रतिक्रिया