इलाम : इलामको फाकफोकथुम गाउँपालिका ७ का ५५ वर्षीय मनबहादुर लिम्बूको शव गोली लागेको अवस्थामा भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार स्थानीय दौलत लिम्बूको घर पश्चिम पट्टि लिम्बूको शव भेटिएको बताइएको छ ।
हेर्दा भरुवा बन्दुकको गोली छातीमा लागेजस्तो देखिने लिम्बूको हातमा पनि चोट रहेको पाइएको प्रहरी नायब निरीक्षक प्रकाश जबेगूले जानकारी दिए ।
शवलाई पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घटनाबारे अनुसन्धान सुरु गरिएको जबेगूले बताए ।
Jantedhunga
sunday 26 nov 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो