बंगला देश संग अफगानिस्तान पराजित

Jantedhunga

काठमाडौँ । एशिया कप अन्तर्गत समुह बी को खेलमा बंगलादेशले अफगानिस्तानलाई ८९ रनले पराजित गरेको छ ।

बंगालदेशले दिएको ३३५ रनको लक्ष्य पछाएको अफगानिस्तान ४४.३ ओभरमा अल आउट हुदै २४५ रन बनाएपछि बंगलादेश ८९ रनले विजयी भएको हो ।

अफगानिस्तानका लागि इब्राहिम जाद्रानले सर्बाधिक ७५ रन बनाए भने कप्तान हाशमतुल्लाह शाहिदीले ५१ रन बनाएका थिए । त्यस्तै रहमत शाहले ३३ रन बनाएका थिए भने राशिद खानले २४ रन बनाएका थिए ।

त्यस्तै बंगलादेशका बलर तास्किन अहमदले ४ विकेट लिए भने शोरिफुल इस्लामले ३ विकेट लिएका थिए । त्यस्तै हसन महुद र मेहिदी हसन मिराजले एक एक विकेट लिएका थिए ।

यसअघि पाकिस्तानको लाहोरमा जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ५ विकेट गुमाएर ३३४ रन बनाएको थियो ।

बंगलादेशका लागि मेहिदी हसन मिराजले सर्बाधिक ११२ रन बनाएर रिटायर्ड हर्ट भएका थिए । यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दोस्रो शतक हो । त्यस्तै नाजमुल होसैन शान्टोले १०४ रनको शतकीय पारी खेलेका थिए । उनको पनि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा यो दोस्रो शतक हो । मेहिदी र नाजमुलले तेस्रो विकेटको लागि १९४ रनको साझेदारी गरेका थिए ।

त्यस्तै मोहमद नैमले २८ रन बनाए भने कप्तान शकिब अल हसनले अविजित ३२ रन बनाएका थिए । त्यस्तै मुशिफिकुर रहिमले २५ तथा शमिम होसैनले ११ रनको योगदान दिएका थिए ।

त्यसैगरी अफगानिस्तानका बलरमुजीब उर रहमान र गुलबादीन नैबले एक एक विकेट लिएका थिए ।

यो सँगै एशिया कपको समुह बि मा बंगलादेशले २ खेलमा एक जित र एक हारसहित २ अंक हासिल गरेको छ । त्यस्तै अफगानिस्तानले पहिलो खेलमा हार बेहोरेको छ ।

अब यस समुहबाट सुपर चारमा पुग्ने टिमको टुंगो श्रीलंका र अफगानिस्तानबीचको खेलबाट लाग्ने भएको छ । यो खेल मंगलबार पाकिस्तानको लाहोरमा हुने छ ।

Jantedhunga
प्रतिक्रिया