दुग्ध बिकास संस्थान ध्वस्त पार्ने झाको खेल

Jantedhunga

काठमाडौ । नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानमा ८ औ तहमा कार्यरत संजिबकुमार झाको भ्रष्ट  र गैह्रकानूनी कार्यले संस्थान नै तहसनहस हुने अवस्था देखएको छ।                                                          प्राप्त समाचार अनुसार  झाले कृषि  तथा पशुपन्छि मन्त्रालयको विज्ञापन नं १ । ०७८। ०७९ को  खुल्ला प्रतिस्पर्धात्मक बिज्ञापनमा सहभागी हुँदा पेस गरेका कागजात झुटा भएको भनि उपभोक्ता  हित संरक्षण समितीले  सर्बोच्च अदालतमा पेस गरेको रीट निवेदन नं ०७९ WO ०६७० को हाल सम्म फैसला नभएको र उनलाई दिइएको महाप्रबन्धकको अबधि समेत गत चैत्र १२ गते समाप्त  भैसकेको छ।                                                  ८ औँ तहमा उनको लियन पद कायम राख्ने विषयमा तालुक वाला कृषि  मन्त्रालय र मन्त्रिपरिषदबाट समेत कुनै  निणर्य वा सिफारिस  नगरिएको अवस्थामा  संस्थानको सञ्चालक समितीले झालाई आठौं तहमा पुन नियुक्ति दिने समन्धी गरेको निर्णय   प्रचलित नियम र संस्थानको विनियमावलीमा समेत कतै ब्यबस्था नभएकोअवस्था बिध्यमान देखिन्छ । विनियम संशोधनकालागी दिएको निर्देशन समेत पारित नभएको अनि निणर्य कार्यान्वय नगर्न नगराउन भन्दै   उच्च अदालत पाटनमा दायर रिट समेत विचाराधिन रहेको  अबस्थामा झाले हाजिर हुन पाउँ भनि दिएको निवेदनमा समेत कुनै निर्णय भएको छैन । यसैबीच गत बैशाख २१ गते झा कार्यालय  आएर २०८० चैत्र २१ गतेदेखिको हाजिर रजिष्टरमा एकै दिन जर्बजस्ति हाजिर गरेका थिए भने बिद्युतिय हाजिर भने  बैशाख २१ गतेको मात्र भएको थियो । यस बिषयमा सम्बन्धित निकायले छानबिन गरिरहेको बताइन्छ। झाको कार्यकालमा  संस्थानको व्यवसायीक अबस्था धरासयी भएको तल्लो तहका  एउटै कर्मचारीसँग करोड हाराहारीमा बाँकीरहेको  पेश्कि फस्यौटकोलागी मलेपले बारम्बार ताकेता गर्दा समेत असुल उपर नहुनमा  झाकै संरक्षण रहेको संस्थानकै  कर्मचारीहरु बताउछन् ।      त्यतिमात्र होइन संस्थानका मेसिनरी औजारहरुको स्तरोन्नति गर्नअर्थमन्त्रालयले उपलब्ध गराएको सहुलियत कर्जाको  १५ करोड रकम समेत  मेसनरीहरु स्तरोन्नतिको काममा प्रयोग नगरी  झाले आफनै तजबिजले खर्च गरेको र कर्मचारीको सेवा सुविधा र भरण पोषणमा खर्च देखाई उक्त रकम समेत हिनामिना गरेको संस्थान सम्बद्ध श्रोतले जानकारी दिएको छ। । सो समन्धमा उजुरी परेपछि  मन्त्रालयले उक्त रकम हिनामिनका समन्धमा छानबिनका लागि संस्थानको संञ्चालक समितीलाई पत्र काटेपछि उनको अनियमितता सार्वजनिक भएको छ ।८ औँ तहमा कार्यरत झाले करोडौं रकम बुझाएर महाप्रबन्धक बनेपछि भ्रष्टाचारमा लिप्त भएर संस्थानलाई तहसनहस बनाएको आरोप लागेको छ। झा विरुद्ध अहिले अख्तियार, सिविआई र अदालतमा समेत दर्जनौं मुद्दा परेको बताइन्छ । महाप्रबन्धक भै सकेका ब्यक्ति  पुनः ८ औँ तहमा भए पनि जागीर खानपाउँ भनेर निवेदन दिने, कार्यालयमा आउँदै नआएको समयको हाजीर एकै दिन जनाउने, महाप्रबन्धकको खुला प्रतिस्पर्धामा पुनः सहभागी भएर  संस्थानलाई डुवाउने योजनाका साथ  बिभिन्न शक्ति केन्द्र धाईरहेको समाचार छ । संस्थानलाई डुवाएरर अकुत सम्पत्ति कमाउन सफल झाले भ्रष्टाचार गरेको रकम  घरजग्गा लगाएत विभिन्न क्षेत्रमा गरेको उनलाई नजिकबाट चिन्ने हरुले बताउने गरेका छन। भ्रष्टाचारकै बिषयलाई लिएर केहि समय अघि झालाई  कालोमोसो समेत दलिएको थियो । संस्थामा कार्यरत रहदा लामो समय कमाउ धन्दा चलाएका र महाप्रबन्धक बनिसकेका झा सके पुनः महाप्रबन्धक बन्ने नसके ८ औ तहमा झरेर भएपनि  जागीर खान मरिहत्ते गरेरै लागिपरेका छ्न। भ्रष्टाचारको आरोपमा दर्जन हाराहारी मुद्दा परेका, अनेकन कान्ड संग जोडिएका अनि संस्थानलाई टाट पल्टाएर आफू मोटाएका झालाई सरकारले कार्वाही गर्ने हो कि सके महाप्रबन्धक नसके आठौं तहमै  नियुक्ति दिएर पुरस्कृत गर्ने हो हेर्न बाकी छ।

Jantedhunga
प्रतिक्रिया