मोटरसाइकलको ठक्करबाट धनगढीमा युवती घाइते

Jantedhunga

धनगढी । धनगढीमा मोटरसाइकलको ठक्करबाट एक युवती घाइते भएकी छन्।

मोहनापुल–अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी उपमहानगरपालिका–४ बोराडाँडीमा शनिबार बिहान सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा धनगढी–६ की २७ वर्षीया उर्मिला जैशी घाइते भएकी हुन्।

प्रहरीका अनुसार सुपप्र ०१–०१२ प ५५२६ नम्बरको मोटरसाइकलले सडक पार गरिरहेकी जैशीलाई ठक्कर दिएको थियो। दुर्घटनामा उनको टाउको र खुट्टामा चोट लागेको छ।

ठक्कर दिने मोटरसाइकलका चालक गोदावरी नगरपालिका–५ आदर्श टोलका ४२ वर्षीय हरिसिंह साउँद पनि दुर्घटनामा घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुवै घाइतेको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Jantedhunga
प्रतिक्रिया