बिराटनगर मोरङको विराटनगर महानगरपालिका–१४ हनुमान मन्दिर अगाडि विराटनगरबाट रानीतर्फ जाँदै गरेको एएस ०१ एफसी ०९१९ नम्बरको भारतीय एलपी ग्यास बुलेटलेको ठक्करबाट बाबु छोरीको मृत्युु भएको छ। प्रहरीका अनुसार सडकमा गुडिरहेको ग्यास बुलेट आईसीपीतर्फ मोड्ने क्रममा साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा विराटनगर–१४ जतुवाका ४५ वर्षीय शिवचरण ठाकुर र उनकी १३ वर्षीया छोरी गरिमा ठाकुरको मृत्यु भएको हो।दुर्घटनापछि गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि कोशी अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले ग्यास बुलेट र चालक भारतीय नागरिक ४५ वर्षीय रामलाल सहनीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिएको जानकारी दिएको छ।
Jantedhunga
tuesday 19 may 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो