काठमाडौँ । आईसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुँदैछ । आज समूह 'ए' अन्तर्गतको क्यानडा र पाकिस्तानबीच खेल हुँदैछ । न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि सुरु हुँदैछ ।
जारी विश्वकपमा क्यानडाले २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । क्यानडाले आयरल्याण्डलाई पराजित गरेको छ भने अमेरिकासँग हार बेहोरेको छ ।
त्यस्तै पाकिस्तानले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ । पाकिस्तानले अमेरिका र भारतसँग हार बेहोरेको छ । पाकिस्तानले यस अघिका दुवै खेलमा हार बेहोरेको हुनाले यो खेल जित्नैपर्ने दबाबमा रहेको छ ।
Jantedhunga
tuesday 11 jun 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो