लाखौं सहयोग रकम सहित जनसेवा मा.बि. दिहुँमा का.स. भुजेलको बिदाई।

Jantedhunga

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ६ छितापोखरीमा अबस्थित श्री जनसेवा माध्यमिक बिध्यालय दिहुँले अनिवार्य अवकाश भएका आफ्नो बिध्यालयका कार्यालय सहयोगी पर्शुराम भुजेललाई आर्थिक सहयोग सहित स-सम्मान बिदाई गरेको छ।

बिगत लामो समयदेखि कार्यरत कार्यालय सहयोगी भुजेलको ४० बर्ष सेवा गरि गत २०८० चैत्र मसान्तमा अनिबार्य अवकाश भएको थियो।

लामो समय बिध्यालयमा सेवा गरेका भुजेल रित्तो हात फर्कन लागेको भन्दै बिध्यालयले आर्थिक सहयोग अभियान नै संचालन गरेको थियो। अभियानमा शिक्षक, अभिभावक, बिध्यार्थी, पुर्व बिध्यार्थी, समाजसेवी, शिक्षा प्रेमी लगाएत १९५ जनाले देश बिदेशबाट आर्थिक सहयोग गरेका थिए। 

बिध्यालयले आज गाउँपालिका अध्यक्ष लोकेन्द्र राईको प्रमुख आथित्यमा एक कार्यक्रमको आयोजना गरी संकलित एकमुष्ट रकम रु. ४,६८,७११।- (चार लाख अठसठ्ठी हजार सात सय एघार) सहयोग रकम सहित कार्यालय सहयोगी भुजेलको बिदाई गरेको हो।

कार्यक्रममा आफ्नो भनाई राख्दै बिध्यालयको प्र.अ. कोपिला राईले आर्थिक सहयोग अभियानमा देश, बिदेशबाट उत्साह जनक सहभागीता भएको भन्दै सबै सहयोगी मनहरुलाई सु-स्वास्थ्य, दिर्घायु एंव उत्तरोत्तर प्रगतिको शुभकामना सहित धन्यवाद ब्यक्त गरिन। कार्यक्रममा सरस्वती मा.बि.का शिक्षक धिराज खड्का, एमाले नेता पदम खड्का, कांग्रेस नेता केशवराज कार्की, बिध्यालय निरीक्षक रणशेर तामाङ, सम्बन्धित वडाका वडाध्यक्ष मिलन राई लगाएतले बिदाई मन्तब्य राखेका थिए।

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा संबोधन गर्दै गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले जीवनकालभर सेवा गरेका कर्मचारीहरुलाई बुढेसकालमा राज्यले रित्तो हात घर फर्काउनुले राज्य गैरजिम्मेवार भएको भन्दै यस्ता अभियानहरु देशभरबाट स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार समक्ष पेश गर्नु पर्ने र लाखौँ कर्मचारीहरुको सेवा निवृत सुरक्षित भबिस्य सुनिस्चित गर्न राज्यलाई बाध्य बनाउनु पर्ने  र राज्यले यस्ता समस्याहरु बिना सर्त हल गर्नु पर्ने बताए। यसै गरि बिध्यालयले नवीन अभियान चलाएको भन्दै अभियान संचालन गर्ने बिध्यालय परिवार, सहयोग अभियानमा जोडिने सबै महानुभावहरुलाई धन्यवाद समेत ब्यक्त गरे।


Jantedhunga
प्रतिक्रिया