जन्तेढुंगा संवाददाता
नेपालगञ्ज । बाँकेमा कार र बस ठोक्किदा कारमा सवार दुई जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ढकेरीमा मंगलबार दिउँसो साढे चार बजे भएको सवारी दुर्घटनामा कार चालक गोरखाका ३७ वर्षीय सुवास अधिकारी र रुपन्देहीकी ५४ वर्षिया डा। सञ्जु खातीको ज्यान गएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १३ च ८२५३ नम्बरको कार र पूर्वतर्फ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस ढकेरी आर्मी ब्यारेक नजिकै एक आपसमा ठोकिदा उनीहरुको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा बसमा यात्रा गर्नेहरू मध्ये ६ जना सामान्य घाइते भएको र उनीहरुको कोहलपुर मै उपचार भइरहेको छ ।
बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो