जाजरकोट को नलगाड नगरपालिकाकी उपमेयर सहित भुकम्प बाट मृत्यु हुनेको संख्या १२८ पुग्यो।

Jantedhunga

काठमाडौं,गए राति गएको भूकम्पमा परि जाजरकोट को नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित मृत्यु हुनेको संख्या १२८ जना पुगेको छ ।

हाल सम्म जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् । कतिपय ठाउँ सञ्चार सम्पर्क विच्छेद भएको, सडक भत्किएका कारण जान नसकिएको तथा दुर्गम र भौगोलिकरूपमा विकटताका कारण सुरक्षाकर्मी समयमा पुग्न नसकेकाले मानवीय तथा भौतिक क्षतिको संकलन भइरहेको सम्बन्धित जिल्लाका अधिकारीले बताएका छन् । मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।

Jantedhunga
प्रतिक्रिया