जबरजस्ती करणी गरी फरार आरोपित पक्राउ पक्राउ

Jantedhunga

बिराटनगर ।सामाजिक संजाल फेसबुक मार्फत चिनजान भई फोनमा कुराकानी गरि विवाह गर्ने प्रलोभनमा परिवर्तित नाम संखुवासभा -०५(छ) लाई खाँदबारी स्थित एक होटलमा लिएर गई जवर्जस्ती करणी गरी  फरार रहेका एक ब्यक्ति   पक्राउ परेका छन् ।                                    घटना पश्चात् सामाजिक संजाल फेसबुक समेत निस्कृय (de activate) गरि फरार आरोपितको  नाम थर समेत पीडित बालिकालाई जानकारी नभएको र पीडित बालिका तथा उनका अभिभावक प्रहरीको सम्पर्कमा आए पश्चात प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरी निज फरार  प्रतिवादीको बास्तविक नाम, थर, वतन  पत्ता लगाई   जिल्ला तनहुँ भिमाद न.पा. वडा नं. २ स्थाई वतन भएको बर्ष ३७ को हिमाल मगर भन्ने अभिमान सिं आलेलाई  प्रहरीले पक्राउ गरेको हो।                                                            जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको सहयोगमा बैशाख २२ गते साझ ६:३० बजेको समयमा  ओखलढुंगा जिल्ला  सिद्दिचरण नगरापलिका वडा नं. ११ रमाईलो डाँडाबाट पक्राउ परेका आले लाई बैशाख २४ गते संखुवासभा जिल्ला  अदालतबाट म्याद थप गरि मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ।

Jantedhunga
प्रतिक्रिया