देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक : समानान्तर महाधिवेशनको तयारी

Jantedhunga

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी अघि बढाउँदै ५५ जिल्लामा संयोजक तोकेको छ।

समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाउँदै जिल्ला तहमा संयोजक तोकेको हो। डा. कोइरालाले जिल्ला संयोजकहरूलाई नियुक्तिपत्र दिइरहेका छन्।

समूहका नेता एनपी साउदका अनुसार असोज १५ गते वडा अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ।

कोशी प्रदेश

कोशीका आठ जिल्लामा संयोजक तोकिएका छन्।

पाँचथर — डेकेन्द्रकुमार तामाङ

झापा — कृष्ण हुमागाईँ

संखुवासभा — रामकुमार जीसी

भोजपुर — धर्मराज राई

मोरङ — सुभाष पौडेल

खोटाङ — रोजन राई

ओखलढुंगा — बालगोविन्द राजभण्डारी

उदयपुर — बसन्त बस्नेत

मोरङमा विनायक पन्त र उदयपुरमा गोविन्द चाम्लिङलाई सहसंयोजक तोकिएको छ।

मधेस प्रदेशका कुनै पनि जिल्लामा भने हालसम्म संयोजक तोकिएको छैन।

बागमती प्रदेश

बागमतीका ११ जिल्लामा संयोजक तोकिएका छन्।

दोलखा — ताराबहादुर खड्का

रामेछाप — जीतबहादुर मगर

रसुवा — उपेन्द्र लम्साल

धादिङ — गोपाल बिक

नुवाकोट — श्रीराम श्रेष्ठ

सिन्धुपाल्चोक — लालकाजी तामाङ

चितवन — मिलन श्रेष्ठ

मकवानपुर — भीम लामा

भक्तपुर — दुर्लभ थापा

ललितपुर — सुदर्शन घिमिरे

काठमाडौं — जयकृष्ण महर्जन

दोलखामा जयराम श्रेष्ठलाई सहसंयोजक तोकिएको छ। भक्तपुरका संयोजक दुर्लभ थापा यसअघि नै जिल्ला सभापति हुन्।

गण्डकी प्रदेश

गण्डकीका आठ जिल्लामा संयोजक तोकिएका छन्।

गोरखा — भुगोल थापा

लमजुङ — रामकृष्ण कँडेल

कास्की — ऋषिराम काफ्ले

मनाङ — नाचोङ गुरुङ

पर्वत — रामकृष्ण मल्ल

म्याग्दी — हिराबहादुर पुन मगर

बागलुङ — सागर छन्त्याल

नवलपुर — अशोक बस्ताकोटी

लुम्बिनी प्रदेश

लुम्बिनीका १२ वटै जिल्लामा संयोजक तोकिएको छ।

नवलपरासी पश्चिम — विकास घिमिरे

रुपन्देही — गुनाखर भुर्तेल

कपिलवस्तु — अब्दुल मन्नान खाँ

पाल्पा — माधव नेपाल

अर्घाखाँची — लक्ष्मण पाण्डे

गुल्मी — बेदबहादुर थापा

रुकुम पूर्व — दत्तबहादुर बस्नेत

रोल्पा — मानबहादुर खत्री

प्युठान — ईश्वरसिंह विष्ट

दाङ — गोपालराज शर्मा

बाँके — कृष्ण कार्की

बर्दिया — जग्गाप्रसाद पाण्डे

कर्णाली प्रदेश

कर्णालीका आठ जिल्लामा संयोजक तोकिएका छन्।

डोल्पा — देउप्रसाद बुढा

जुम्ला — हेम बुडथापा

मुगु — कर्ण रावल

हुम्ला — सूर्यबहादुर शाही

कालिकोट — मातृका सिंह

जाजरकोट — राजजंग शाह

दैलेख — मीनबहादुर विश्वकर्मा (मिलन)

सुर्खेत — ललित भट्टराई

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका आठ जिल्लामा संयोजक तोकिएको छ।

बाजुरा — धनराज पण्डित

बझाङ — हर्कजंगबहादुर सिंह

डोटी — नरेन्द्रबहादुर सिंह

दार्चुला — सुरेन्द्र अवस्थी

बैतडी — वीरबहादुर विष्ट

डडेलधुरा — डिल्लीराज जोशी

कञ्चनपुर — पदम बोगटी

कैलाली — खेमबहादुर डगौरा थारू

कैलालीमा रामसमझ रानालाई सहसंयोजक तोकिएको छ। कञ्चनपुरका संयोजक पदम बोगटी यसअघि नै जिल्ला सभापति थिए।

समूहका अनुसार तोकिएका जिल्ला संयोजकहरूले सम्बन्धित जिल्लामा इतर समूहका तर्फबाट महाधिवेशनसँग सम्बन्धित आवश्यक तयारी तथा संगठनात्मक काम अघि बढाउनेछन्। समानान्तर महाधिवेशनको तयारीसँगै कांग्रेसभित्रको संगठनात्मक विवाद थप संस्थागत रूपमा अगाडि बढेको देखिएको छ।

Jantedhunga
प्रतिक्रिया